जरायोको सिङसहित एकजना पक्राउ

दुर्गा आचार्य
बर्दिया,साउन,२१ । जंगली जनावर जरायोको सिंङसहित बर्दियामा एकजना पक्राउ गरेका छन् । बर्दिया सदरमुकाम गुलरिया नगरपालिका वडानम्बर—७ ३१ बर्षिय बाबुराम लोधलाई प्रहरीले बुधबार एयटा जरायोको सिङसहित पक्राउ गरेको हो। भे.१ख २८८४ नम्बरको मोटर साईकलमा लुकाई लैजादै गरेको अवस्थामा गुलरिया नगरपालिका वडानम्बर—८ स्थित डब्बा गाँउबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ । सिमा प्रहरी चौकि मथुराबाट खटिएको प्रहरीटोलीले लोधलाई पक्राउ गरि आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय गुलरियामा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले वताएका छन्।.

प्रतिक्रिया दिनुहोस