नगर क्षेत्रमा पहिलोपटक कोहलपुरमा वडा नं. १० मा घरधुरी नं. कायम

कोहलपुर नगरपालिका वडा नं. १० ले नगरक्षेत्रमा पहिलो पटक घरधुरी नं. कायम गरेको छ । जनतासँग जनप्रतिनिधी अभियान अन्र्तगत शनिवारदेखि वडामा घरधुरी नं. कायम गरिएको वडा नं. १० का वडाध्यक्ष निरज चलाउनेले जानकारी दिए । शनिवार पहिलो पटक १ नं. टोल विकास समिति अन्र्तगत ३७ घरमा घरधुरी नं. सहितको नम्वरप्लेट टाँस गरिएको छ । वडामा रहेका १७ सय ५१ नै घरधुरीमा नै घर नंम्वर टाँस गरिने र आइतवारदेखि सबै घर धुरीमा घर नम्वर टाँस गर्ने अभियानलाई निरन्तरता दिइने वडाध्यक्ष चलाउनले जानकारी दिए ।
घर नम्वर टाँस भएपछि घरधनीको पहिचान सहजै पत्ता लाग्ने र यसका लागि पहिले वडावासीहरुको सम्पूर्ण विवरण एवम् तथ्यांक संकलन भइसकेको वडा कार्यालयले जनाएको छ । नगरक्षेत्रमा नै पहिलोपटक १० नम्वर वडाले यो अभियान थालनी गरेपछि नम्वरका आधारमा वडाभरमा रहेका व्यक्ति तथा घरधनीको वास्तविक ठेगाना एवम् स्थान वाहिरवाट आउने आगन्तुकहरुका लागि सहज हुने वडा सदस्य ओम प्रकाश वर्णवालले बताए । वडा नं. १० ले केही दिन अघि दोस्रो वडा प्रोफाइल निर्माण गरेर सार्वजनिक समेत गरिसकेको छ । सार्वजनिक गरेको वडा प्रोफाइलमा वडाको सम्पूर्ण तथ्यांक तथा सूचकहरु समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस