सभापति देउवाद्वरा विभाग गठन : बाँकेका ८ नेता कार्यकर्ता मनोनित

नेपालगन्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठन गरेका पार्टीका बिभागहरूमा बाँकेका ८ जना नेता कार्यकर्ताहरूले भूमिका प्राप्त गरेका छन् । नेपाली कांग्रेसको विधान, २०१७  (संशोधन सहित) को धारा २५ (९) बमोजिम देउवाले ती बिभागहरू गठन गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
नवगठिन संगठन बिभागको सदस्यमा बाँकेका बिजेन्द्र हमाल खेलकुद बिभाग ,राकेश श्रीवास्तव शिक्षा बिभाग,कृष्ण कार्की स्थानिय तह समन्वय बिभाग,देव बहादुर केसी बित्तिय तथा सहकारी समन्वय बिभाग,नर बहादुर मल्ल बन वातावरण तथा बिपत व्यवस्थापन बिभाग,दुखीराम लाेहनी तराई मधेश समन्वयन बिभाग,यम बहादुर खडका यातायत व्यवसायी समन्वयन बिभागमा मनोनित भएका छन् ।

प्रतिक्रिया दिनुहोस