थर्ड एलायन्सले  आइसोलेसन सेन्टरको रुपमा परिणत भएको नेपालगंजको एक होटलले विरामीहरुबाट चर्को रुपमा रकम असुली गरिरहेको आराेप

बाँके, २८ साउन । तराई मानव अधिकार रक्षक संजाल ९ थर्ड एलायन्स ले बाँके जिल्लामा सञ्चालनमा रहेका आइसोलेसनहरुको मापदण्डका विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको छ । थर्ड एलायन्सले एक विज्ञप्ति जारी गर्दै संक्रमितहरुको संख्या बृद्धि हुने क्रम आईसोलेसन थप गर्ने निर्णय स्वागत योग्य भएको उल्लेख गर्दै होटलले आईसोलेसन बनाउनलाई तयार हुनु सकारत्मक पक्ष भए पनि आइसोलेसन सेन्टरमा वस्ने संक्रमितको उपचार तथा अन्य सुविधा प्रदान गर्नु सरकारको दायित्वभित्र परेपनि आइसोलेसन सेन्टरको रुपमा परिणत भएको नेपालगंजको एक होटलले विरामीहरुबाट चर्को रुपमा रकम असुली गरिरहेको पाइएकोले थर्ड एलायन्सको गम्भीर ध्यानाकर्षण भएको छ ।
कोहलपुरमा रहेको मेडिकल कलेजमा बनाइएको आइसोलेसन वार्डमा रहेका कोरोना भाइरस संक्रमितले वार्डमा खाना, पानी, फोन सुविधा तथा स्वास्थ्यकर्मीको उचित प्रवन्ध नरहेको भन्दै अन्यत्र राख्न माग गरे पछि जिल्ला प्रशासन कार्यालय बाँकेको पहलमा नेपालगंजस्थित आइसोलेसन सेन्टर बनेको होटेलको आइसोलेनमा सारिएको भएपनि होटेलले दैनिक ४ हजारको दरले रकम माग गरे पछि कोरोनाका कारण तनाब पूर्ण अवस्था रहेको व्यक्तिलाई झन तनाब बनाएकोले यस प्रति गम्भीर बन्न थर्ड एलायन्स सम्बन्धीत सबै पक्ष संग अपिल गरेको छ । साथै सरकारको प्रत्यक्ष निगरानीमा रहेका आईसोलेसनहरुलाई थप व्यवस्थित बनाई होटलमा बस्ने बातावरण सृजना हुन नदिन तर्फ ध्यान केन्द्रीत गर्दै पिसिआर परिक्षणको दायरा बढाउन जरुरी रहेको विज्ञप्तीमा उल्लेख छ ।
संक्रमित व्यक्तिसंग नियम विपरीत रकम असुल उपर गर्नु प्रचलित कानून र सरकारको मापदण्ड विपरित भएकोले यस्तो कार्य नगर्न नगराउन थर्ड एलायन्सले सम्वन्धित जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
साथै भौतिक दुरी कायम राख्दै विश्वव्यापी रुपमा पैmलिएको कोभिड–१९ पूर्ण रुपमा नियन्त्रणको लागि नेपाल सरकारबाट जारी निर्देशनको पूर्ण पालना गरी नागरिक कर्तव्य निर्वाह गर्न अपिल समेत गरेको छ ।
यस्तै मानव अधिकार संरक्षण तथा प्रवद्र्ध केन्द्रकि सूचना अधिकारी पुजा कुमारी बैश्यले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिकाको पूर्ण कार्यान्वयन गर्न सरकार संग अपिल गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस