नेकपाका महासचिव विष्णु पौडेलको गृह जिल्लाबाट किन नेकपाका २९८ जना सदस्यले नेकपा छोडे

नेकपाका महासचिव विष्णु पौडेलको गृह जिल्ला रुपन्देहीमा नेकपालाई गम्भिर धक्का लागेको छ । बुटवल उपमहानगरपालिकाका २१८ जना नेकपाका नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका बुटवल नगर कमिटीका सचिवालय सदस्य जीतबहादुर मल्ल सहित २१८ जनालाई नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति हरि लम्साल, बुटबल नगरकमिटीमा सभापति खेलराज पाण्डे क्षेत्रियलगायतका नेताहरुले स्वागत गरेका थिए ।

मल्ल तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकिकरण हुनु अगावै तत्कालिन एमालेका नगर कमिटी उपाध्यक्ष थिए ।

नेपाली कांग्रेसमा प्रवेश गर्नेमा मल्ल सहित बुटवल उपमहानगरपालिका वडा नं ११ का नेकपाका १२२ जना संगठित सदस्य र ९६ जना साधारण सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस