महाधिबेशनको मुखमा गठन भएका विभाग नेपाली काँग्रेसका संस्थापन इतर निकट जिल्ला सभापतिहरूको भेलाले  अमान्

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतर निकट जिल्ला सभापतिहरूको भेलाले केन्द्रीय समितिको बहुमतले उल्टाएका महासमितिको निर्णयहरू अक्षरस पार्टीको १४ औं  महाधिवेशनमा प्रस्तावका रूपमा अगाडि बढाउने निष्कर्ष निकालेको छ ।

नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीसका अनुसार बुधबार काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूको भेलाले महासमितिको निर्णयहरूलाई महाधिवेशनको मुद्दा बनाउने निर्णय लिएको छ । ०७५ मंसिर पुषमा सम्पन्न महासमिति बैठकमा केन्द्रीय तहका नेताहरू पनि वडाबाटै निर्वाचित भएर आउनुपर्ने माग जोडतोडका साथ उठेको थियो । तर उनीहरूले यो माग विधानमै समेट्ने पार्टी नेतृत्वले आश्वासन दिलाए पनि केन्द्रीय समितिबाट विधान अनुमोदन गराउँदा उक्त विषय समेटिएन ।

पदाधिकारी र केन्द्रीय सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था कामय राखियो । सबै तहका नेता वडाबाट निर्वाचित भएर महाधिवेशन प्रतिनिधिका रूपमा आउनुपर्ने एजेन्डा आसन्न महाधिवेशनमा प्रस्तावका रूपमा लैजाने उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस