“बटौलीमा सारी….” ले यु ट्युबमा चर्चा बटुल्दै

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज विशेषको सन्दर्भमा गायिका विपना मगर टिकादेवी शाहको स्वरमा सजिएको तिज गित “बटौलीमा सारी…” सार्वजनिक भएयता यु ट्युबमा चर्चा बटुल्न सफल भएको छ ।
बाँके जिल्लामा स्थायी निवासी कलाकारहरुके स्वर, संगीत एवम् अभिनय रहेको गीतामा मोडल जितेन्द्र केसी एवम् निर्देशक प्रकाश कडेल लगाएतको अभिनय रहेको छ । सर्जक सुरेश गन्दर्भको लय शब्दमा उक्त तिज गितलाई उज्यालो अभियान मिडिया प्रा.ली. नेपालगञ्जले बजारमा ल्याएको हो । पछिल्लो समयमा तिज गीतका नाममा मौलिक लय तथा शब्दहरुलाई सर्जकहरुले भुल्दै गइरहेको अवस्थामा यो गीतले तिज पर्वको मौलिकलाई सम्बोधन गरेको म्युजिक भिडियोमा मोडिलिंग गरेका कलाकार के.सी. बताउँछन् । यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय पहिचान बनाउन सफल कलाकार प्रकाश कडेलले गीतको म्युजिक भिडियोलाई उत्कृष्ठ बनाउन अथक प्रयास गरेको कलाकार कडेल बताउँछन् । व्यवसायिक प्रतिस्पर्धाका लागि गीत रेकडिङ्ग तथा म्युजिक भिडियो निर्माण गर्न काठमाण्डौ पुग्नैपर्ने भ्रमलाई चिर्न यो गीत तथा म्युजिक भिडियो सफल हुने कलाकारहरुको भनाई छ ।

 

यो गीत यु ट्युबमा हेर्न यहाँ क्लिक गर्नुहोस्

 

 

प्रतिक्रिया दिनुहोस