१ हप्ताभित्र भेरीमा कोरोना बिशेष अस्पताल सञ्चालनमा ल्याउने तयारी

नेपालगन्ज । शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा बनाइएको कोरोना विशेष अस्पताललाई भेरी अस्पतालबाट सन्चालन गरिने तयारी गरिएको छ ।

प्रदेश ५ सरकारले खजुरास्थित शुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष अस्पताललाई नेपालगञ्जस्थित भेरी अस्पतालमा स्ञ्चालन गर्ने निर्देशन दिएको छ ।

सोही निर्देशन अनुसार बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाड र नेपालगञ्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगरले शुक्रबार स्थलगत अनुगमन गरी अस्पताल सार्ने बारे छलफल गर्नुभएको छ ।

कोरोना बिषेश अस्पताल भेरीमा निर्माण भएको नयाँ भवनमा सञ्चालन हुने तयारीबारे भेरी अस्पतालका अध्यक्ष प्रमोद धिताल, मे सु डा.प्रकाश थापा र बरिष्ट चिकित्सक डा.श्याम सुन्दर यादवले जानकारी गराउनुभएको थियो ।

अनुगमनसंगै करिव १ हप्ताभित्र भेरीमा कोरोना बिशेष अस्पताल सञ्चालनमा ल्याउने तयारी समेत बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस