नेपालमा काेराेनाबाट मृत्यु हुने एक सय नाघे

कोरोना संक्रमित थप तीनजना पुरुषको मृत्यु भएको छ ।

कपिलवस्तु, पर्सा र धनुषाका तीनजनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कपिलवस्तु मायादेवी गाउँपालिकाका ४० वर्षीय पुरुषको शनिबार मृत्यु भएको बताए ।

त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका– १२ का ६० वर्षीय पुरुषको शुक्रबार र धनुषा जनकनन्दनी गाउँपालिका– ४ का ५० वर्षीय पुरुषको २९ साउनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसमेत देशभर कोरोना संक्रमण देखिएर मृत्यु हुनेको संख्या एक सय दुई पुगेको छ ।

गौतमले संक्रमण देखिएर मृत्यु भएकामा ८० जना पुरुष र २२ जना महिला रहेकाे बताए

प्रतिक्रिया दिनुहोस