नेपालगञ्ज उप–महानगरपालिकाले अपांगता भएका  २४ जना  ब्यक्तिहरुलाई सहायता सामग्री

नेपालगञ्ज, भदौ २ । नेपालगञ्ज उप–महानगरपालिकाले अपांगता भएका ब्यक्तिहरुलाई सहायता सामग्री वितरण गरेको छ । मंगलबार उप–महानगरपालिकाका कार्यालयमा नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का लगायतले सहायता सामग्री वितरण गर्नुभयो । उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार शारिरिक अपांगता भएका ८ जनालाई ट्राईसाईकल र १६ जना दृष्टिविहिनलाई सेतोछडी वितरण गरिएको हो । सो अवसरमा नगरप्रमुख डा. राणाले अपांगता भएका ब्यक्तिहरुलाई उपमहानगरपालिकाले आगामी दिनमा समेत सक्दो सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस