प्रदेश न ५ को राजधानी बुटवल रुपन्देही  आजदेखि भदौ ७ गतेसम्म लकडाउन

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले रुपन्देहीमा लकडाउन गरेको छ। समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेपछि भदौ ७ गते राति १२ बजेसम्मका लागि जिल्ला लकडाउन गरिएको हो।

जिल्लामा कोभिड–१९को संक्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीले जिल्लामा लकडाउन गर्ने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ बताए।

सर्वसाधारणका जानकारी लागि प्रशासनले सूचना नै जारी गरेको छ। सूचनामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सर्तकता अपनाउनका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्ने गराउने गरी भदौ ७ गते सम्मका लागि लकडाउन गरिएको उल्लेख छ।

सूचनामा अत्यावश्यक सेवालाई निरन्तरता दिदै जिल्लाभर लागू हुने गरी संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गतिविधि गर्न निषेध गरिएको छ।

अत्यावश्यक सेवा बाहेक सबै सेवाहरू बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७

प्रतिक्रिया दिनुहोस