काेहलपुरका ८ जना  सहित बाँकेमा १३ जना काेराेना संक्रमित थपिए

नेपालगञ्ज – बाँकेमा १३ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बुधबार १५ जना कोरोना संक्रमित थपिदा बाँकेका १३ जना परेका हुन् । दुई जना बर्दिया मधुवनका छन् ।
बाँकेमा कोहलपुरका आठ जना रहेका छन् । सबैजना कोहलपुर नगरपालिका वडा नं. ११ का छन् । कोहलपुरमा दैनिक संक्रमित बढ्दा स्थानीय पालिकाले लकडाउन गरिरहेको छ । थपिएका बाँकेका अरु पाँच जनामा नेपालगञ्ज, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस