तिजकोबेला ११ बर्षिया बालिकाको अपहरण गरि बलत्कार

 

दुर्गा आचार्य
बर्दिया,भाद्र,५।
बर्दियामा तिजको अघिल्लोदिन बालिकाको अपहरण भई बलत्कृत भएकि छन्।बारबर्दिया नगरपालीकामा बिहान २ः३० बजे ११ बर्षीय बालीकाको अपहरण गरी बलात्कार भएको छ । बारबर्दिया नगरपालीका वडा नम्बर ८ औँरीको भगतपुरका २१ बर्षिय चन्द्रराम बिकले हजुरआमाको काखमा सुतीरहेकी वालिकालाई अपहरण गरि नजिकैको धानबारीमा लगि बलात्कार गरेको परिवारको आरोप छ । बिकले आफनो छोरीलाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोपमा पिडित जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक योगेन्द्र कमार खड्काले वताए।पिडित बालिकालाइ रक्तश्राब भएपछि उपचारका लागि जिल्ला अस्पताल बर्दिया लगिएको छ। बलात्कारका आरोपी बिकलाई ईलाका प्रहरी कार्यालय बानियाभार राखी म्यादथप गरी अनुसुन्धान भईरहेको प्रहरीले जनाएको छ ।वालीकाको योनीमा घाउदेखिएका कारण केहि दिन उपचारका लागी अस्पतालमा राख्नु पर्नै जिल्ला अस्पताल बर्दियाका मेसु डा। सुवास पाण्डेले वताएका छन्।

प्रतिक्रिया दिनुहोस