राजनैतिकका कारण   पूर्वाधार विकास कार्यक्रमको डेढ करोड रकम नेपालगन्ज उपमहानगरपालिकाले फ्रिज गरायाे पूर्वमन्त्री तथा सांसद मोहम्मद इस्तियाक राई

नेपालगन्ज भाद्र ६ ।   पूर्वमन्त्री तथा सांसद मोहम्मद इस्तियाक राईले नेपालगन्जकाे  पूर्वाधार विकास कार्यक्रमको खर्च हुन नसकेको डेढ करोड रकम नेपालगन्ज उपमहानगरपालिकाका कारण फ्रिज भएको आरोप लगाएका छन ।   उनले    कोभिडका लागि छुट्याइएको उक्त रकमबाट भेन्टिलेटर खरिद गर्नेगरी आफुले स्थानीय सरकारलाई लिखितरुपमा अख्तियारी दिएको उल्लेख गर्दै रकम फ्रिज हुनु दुर्भाग्यपूर्ण बताउदैै    विकासका रकममा भएको राजनीतिमा भएकाेेमाा गुनासाे गर्नु  भयाे ।  सासद राईले  नेपालगन्जलाई झिलीमिली पार्ने योजनाले सार्थकता पाइरहेको बताउनुभएको छ ।

नेपालगन्जको सीमा नाका जमुनाहा पिप्रहवामा हाइमास्ट जडानको     सनिबार   शिलन्यास कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले आफ्नो लक्ष्य नेपालगन्जलाई झिलिमीली बनाउने रहेको बताउनुभयो ।

उहाँले आफ्ना कार्यकर्ताहरुले संघ, प्रदेश र स्थानीय सरकारले गर्ने कार्यक्रमहरुको अनुगमन गर्न निर्देशन समेत दिनुभएको छ । नियम विपरीत काम गर्नेलाई कारवाही गरिनु पर्ने बताउनुभयो । अव हरेक विकास निर्माणका कामको अनुगमन हुनु पर्नेे    बताए  ।

संघीय आयोजना कार्यान्वयन इकाइका निमित्त प्रमुख विजयकेशर खनालले हरेक वडामा कम्तीमा एक एक वटा पर्ने गरी नेपालगन्ज उपमहानगरपालिकाका ३९ स्थानमा हाइमास्ट जडान भइरहेको बताउनुभयो ।

स्थानहरु उपमहानगरपालिकाले छनोट गरेर दिएको हो । चोक र बस्ती भएको स्थानलाई लक्षित गरेर जडान हुँदैछन् । नेपालगन्जमा ३९ र कोहलपुरमा १३ वडा हाइमास्ट जडानका लागि आयोजनाले ६ करोड ४० लाख ३२ हजार २ सय ८२ रुपैयाँ बजेट रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस