काेराना कहर बिरूद्व समाजिक दुरी कायम गरि  मोहर्रम पर्व मनाउने निर्णय

नेपालगन्ज  भाद्र ६ ।   यस वर्षको मोहर्रम पर्व सामाजिक दुरी कायम गरेर मनाइने भएको छ ।

केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समितिको शनिबार नेपालगञ्जमा बसेको बैठकले कोरोना भाइरसका कारण मुस्लिम समुदायले प्रत्येक वर्ष मनाउँदै आएको मोहर्रम पर्व सामाजिक दुरी कायम गरेर मनाउने निर्णय गरेको हो ।

बैठकले ताजिया राख्दै आएका व्यक्तिहरुले आ–आफ्नो घर अगाडी ताजिया राखी मोहर्रमका दिन सामाजिक दुरी कायम गर्दै ताजिया सेलाउन भिडभाड नगरी सुरक्षित पालै–पालो तवरले कर्वलामा बिर्सजन गर्न अनुरोध गरेको छ ।

यस वर्ष कोरोना भाइरसको महामारी फैलिएको र नेपालगञ्ज बजरामा दैनिक कोरोना संक्रमितहरु देखा परिरहेका कारण स्थानीय प्रशासनले जारी गरेको नियम अनुसार नै मोहर्रम पर्व मनाउने निर्णय गरिएको अध्यक्ष गुलाम हुसेन हलुवाइले बताउनुभयो ।

साथै बैठकले ताजिया राखिएको बेला बिगतका वर्षहरुमा झै गरिने धार्मिक कार्यहरु गर्ने अवस्था नरहेका कारण सामाजिक सुरक्षा मापदण्ड अपनाई सुरक्षित भएर घरमै बसेर मोहर्रम वर्ष मनाउन पनि आग्रह गरेको छ

प्रतिक्रिया दिनुहोस