मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन धेरै स्थानमा ठूलो वर्षासमेत हुने

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी तीन दिन धेरै स्थानमा पानी पर्ने र केही ठाउँमा ठूलो वर्षासमेत हुने सम्भावना छ ।

अहिले नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत सामान्य प्रभाव छ । यसैकारण केही दिनयता मत्थर बनेको मनसुन फेरि केही सक्रिय हुने भएको हो ।

महाशाखाको बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी (ठूलो) वर्षाको समेत सम्भावना छ ।

यस्तै राति पनि देशभर बदली भई केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षासमेत हुने सम्भावना छ ।

यस्तै मंगलबार दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश, र कर्णाली प्रदेशका प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशहाखाका अनुसार मंगलबार राति झन् धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा समेत हुने अनुमान छ ।

यसैगरी बुधबार दिउँसो पनि देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै त्यस दिन राति पनि देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै प्रदेश नं १ का एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

साथै आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेदेखि मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्शमा भनिएको छ– ‘प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस