कोरोना संक्रमण आइसोलेशन सेन्टरमा राखिएका बाँकेका एक थुनुवा फरार

नेपालगञ्ज – कोरोना भाइरसको संक्रमण देखिएपछि   भएको प्रहरीले जनाएको छ।
खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेशनबाट थुनुवा भागेका हुन्।

बाँके प्रहरीले लागुऔषध कोरेक्ससहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएका थुनुवालाई संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा पठाइएको थियो। भदौ ५ गते आइसोलेशन सेन्टरमा पठाइएका थुनुवा आइतबार भागेका हुन्।कृषि तालिम केन्द्रको आइसोलेशनमा असईको कमाण्डमा पाँच प्रहरी खटिएका थिए। फरार थुनुवालाई खोज्नका लागि टोली परिचालन गरिएको छ। थुनुवा नेपालगञ्ज कै हुन्।

 

प्रतिक्रिया दिनुहोस