रुकुम पश्चिमको एक सरकारी कार्यालयका प्रमुखको सम्पर्कमा आएका  ९ कर्मचारीमा कोरोना संक्रमण

रुकुम पश्चिमको एक सरकारी कार्यालयका प्रमुखको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा थप ९ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

साउन २८ गते बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम गएका ती कार्यालय प्रमुखको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिए ।

उनका अनुसार जिल्लामा पहिलो पटक एउटै कार्यालयका ९ जनामा संक्रमण देखिएको हो । कार्यालयका अधिकांश कर्मचारीमा संक्रमण देखिएपछि ट्रेसिङमा समस्या भएको छ । ‘सेवाग्राहीको ठेगाना अझै पत्ता लगाउन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस