रेडक्रस सोसाईटी बाँके शाखाले  कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बाँकेलाई दश लाख बराबरको स्वास्थ्य सामाग्री

नेपालगन्ज भाद्र ९ ।   कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुको कार्यलाई सहज बनाउन रेडक्रस सोसाईटी बाँके शाखाले स्वास्थ्य कार्यालय बाँकेलाई दश लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि स्वाब संकलन गर्ने, कन्ट्याक्ट ट्रेसिङ र अन्य कार्यमा खटिने स्वास्थ्यकर्मीहरुका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एव प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको उपस्थितिमा मंगलबार बिहान दोस्रो चरणको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङमार्फत रेडक्रस बाँके शाखाका मन्त्री अजिज अहमद सिद्धिकी र कार्यालय प्रमुख दोलख डाँगीले स्वास्थ्य कार्यालयका अधिकृत एंव कोरोना फोकल पर्सन नरेश श्रेष्ठलाई सो सामाग्री हस्तान्तरण गरिएको हो ।

पाँच लाख बराबर हस्तान्तरण गरिएको सामानहरुमा कम्प्लीट सर्जिकल पिपिई ८० सेट, सर्जिकल ग्लब्स ७ हजार, थर्मल गन ८ वटा, सर्जिकल मास्क ८ हजार पीस, स्यानिटाईजर २५० ग्रामको २०० वटा, ह्याण्ड स्यानिटाईजर १०० ग्रामको ३०० वटा, स्प्रे ट्याँक १० वटा र सोडियम हाइड्रोक्लोराईड ग्यालिन १० थान रहेको छ ।

डेनिस रेडक्रसको आर्थिक सहयोग तथा जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको सहयोगमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टिन तथा आइसोलेसन केन्द्रहरुमा सरसफाई तथा स्वच्छता प्रवद्र्धन लगायतका व्यक्तिगत सुरक्षाका सामाग्रीहरु सहयोग र हेल्प डेस्क स्थापना गरी स्वयंसेवक परिचालनमार्फत रेडक्रस बाँके शाखाले निरन्तर सहयोग गरिरहेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका प्रमुख एंव सूचना अधिकारी गौरीलाल बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस