नेपाल आर्मीका ५१ जवानलाई संक्रमण पुष्टि

एकै पटक ५१ जना सैनिकमा कोरोना संक्रमण देखिएपछि बाँकेको कौशिलानगरस्थित आर्मी क्याम्प सिल गरीएको छ । बुधबार वागेश्वरी डाईग्नोस्टिक एण्ड पोलिक्लिनिक नेपालगन्जमा गरीएको परिक्षणमा नेपाल आर्मीका ५१ जवानलाई संक्रमण पुष्टि भएको थियो । सिङ्गो बटालियनलाई नै संक्रमण देखिएपछि पश्चिम पृतना शिक्षालय कौशिलानगर सिल गरीएको हो ।स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बुधबार नेपालगन्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा २२ जना र बागेश्वरी डाइग्नोस्टिक प्रयोगशालामा गरिएको परिक्षणमा ५१ गरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमित मध्ये, पश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरमा कार्यरत ५१ जना नेपाली सेनाका हुन भने ८ जना नेपाल टेलीकमका कर्मचारी र बाँकी नेपालगन्जका स्थानिय लगायत रहेका फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस