कोरोना संक्रमणबाट नेपालगञ्ज–७ की ७० वर्षिया महिलाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट नेपालगञ्ज–७ की ७० वर्षिया महिलाको मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो । यो संगै कोरोना संक्रमणका कारण बाँकेमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारार्थ भर्ना भएकी उनको बुधबार ११ः५० मा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए

प्रतिक्रिया दिनुहोस