खजुराका नेकपा  नेता भिम बहादुर रानाको नेतृत्वमा ८० जना युवाहरु  नेपाली  काँग्रेसमा प्रबेश

नेपालगन्ज भाद्र ११।    नेपाली कांग्रेस खजुरा गाउँपालिका युवा नेता भिम बहादुर रानाको नेतृत्वमा ८० जना युवाहरु पार्टीमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नं–४ वडा समितिले जिल्ला सदस्य केदार गिरीको प्रमुख उपस्थितिमा रानाको नेतृत्वसहितका ८० जना युवालाई पार्टीमा प्रवेश गराएको हो ।
नेकपा तथा फोरमका ८० जना स्थानीय युवाहरु पार्टीमा प्रवेश गरेको कांग्रेस वडा समितिका उपाध्यक्ष गगन सिंह रोकायले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले बर्तमान समयमा नेपाली कांग्रेसले केन्द्रदेखि गाउँ, घरसम्म सक्रियता देखाउनुपर्ने बताउनुभयो । उहाँले बिगतमा चुनाव लडेका आफ्ना नेता, कार्यकर्ताहरुले स्थानीय बिकास निर्माण तथा स्थानीय तहको कार्यहरुमा सदैव ध्यान दिएर सल्लाह सुझाव निरन्तर दिई रहन अनुरोध गर्नुभयो ।

सो अवसरमा नेता रानाले नेकपा परित्याग गरी राजनीतिमा होमिएको कालखण्डको घट्नाबारे प्रष्ट पार्नुभएको थियो । २०६२ साल जेष्ठ २ गतेदेखि तत्कालिन नेपाल कम्यूनिष्टक पार्टी माओवादी कृयाशील हुनुभएका राना पार्टीको बिभिन्न पदमा कार्य गर्नुभएको थियो ।

सो बेला उहाँ खजुरा गाबिसको पार्टी प्रतिनिधिका रुपमा ३ वर्ष, पुर्व सैनिकहरुको केन्द्रीय सदस्य तथा माओवादी बाइसिएल बाँकेको जिम्मेवारी निभाउनुभएको हो । पार्टीमा भ्रष्टाचार जस्ता गलत क्रियाकलाप हाबी भएको आफुले महशुस गरेपछि पार्टी छोडेको उहाँले बताउनुभयो ।

२०७४ साल जेष्ठ २ गते रानाले नेकपा परित्याग गरी असार १० गते नेपाली कांग्रेसको साधारण सदस्यता लिनुभएको थियो । स्वागत मन्तब्यका क्रममा नेता रानाले आफुलाई पदको लोभ नभएको स्पष्ट पार्दै सच्चा देशभक्त र सिपाही भएर काम गर्ने दावी गर्नुभयो ।

सो क्रममै उहाँले देशका हरेक ठाउँमा जस्तै खजुरा गाउँपालिकामा समेत भ्रष्टाचार, नातावाद, कृपावाद हावी भएको देखिएकाले एक प्रतिपक्षले खेल्नुपर्ने भुमिका आफुले पनि निभाउने र आ–आफ्नो स्थानका सबै कांग्रेसी नेता कार्यकर्ताले पनि निभाउन आग्रह गर्नुभयो

प्रतिक्रिया दिनुहोस