कोहलपुर नगरपालिकाले कोरोना नियन्त्रणका लागि खर्च गरेको रकम अस्वभाबिक भएको भन्दै  बिल भरपाई सहितको सुचना

कोहलपुर / कोहलपुर नगरपालिकाले कोरोना नियन्त्रणका लागि खर्च गरेको रकम अस्वभाबिक भएको भन्दै आसंका व्यक्त गरिएको छ । कोहलपुर नगरपालिकासंग प्रयाप्त मात्रामा सवारी साधन हुँदा हुँदै सवारी भाडामा मात्रै १९ लाख बढी रकम खर्च भएसंगै अनियमितताको असंका भएको हो ।
कोहलपुर नगरापलिकासंग स्कारपियो,टाटा सुमो ट्रिपर र २ दर्जन बढी मोटर साईकल छन । तर, १९ लाख बरावरको भाडा तिर्ने गरी कुन प्रयोजनका लागि सवारी साधन प्रयोग भएका हुन भन्ने जिज्ञासा कोहलपुरवासीमा पैदा भएको छ । त्यसै गरि क्वारेन्टाईन व्यवस्थापनमा ३० लाख बढि रकम र खाना तथा खाजा नास्तामा झण्डै १० लाख बढी रकम खर्च भएको बिवरण सार्वजनिक भए संगै अनियमिताको आसंका गरिएको हो । कोहलपुर नगरपालिका आफैले हालै केही दिन अघि मात्रै होटल अतिथिमा आईसुलेसन निर्माण गरेको छ । सो भन्दा अघि कोहलपुर ८ मा निर्माण गरिएको आईसुलेन भने जिल्ला बिपद् व्यवस्थापन समितीले व्यवस्थापन गरेको थियो । कतिपय क्वरेन्टाईनहरुमा क्वारेन्टाईनमा बस्नेहरुले आफैले स्वयम व्यवस्थापन गरेका थिए भने कतिपय क्वारेन्टाईमाहरुमा सहयोगी दाताहरुले सहयोग गरेका थिए । ठुलो मात्रमा जिन्सी सामाना सहयोग गरेको भएपनि क्वारेन्टाईनहरुमा ३० लाख बढी रकम खर्च देखाईएको छ । कोहलपुर नगरपालिकाले कोरोना नियन्त्रणका लागि भन्दै भण्डै ३ करोड रकम खर्च बिवरण सार्वजनिक गरेको थियो ।
झण्डै ३ करोड रकम मध्ये अधिकाँस रकम व्यक्तिको नाममा भुतानी गरेको पाईएकाले रकम अनियमीताको आसका थप बढेको कोहलपुरका स्थानीय बताउछन् । यस बिच कोरोना नियन्त्रणका लागी कोहलपुर नगरपालिकाले गरेको खर्च अस्वभाबिक भएको भन्दै नेपाली काग्रेसका युवा नेता भुम भण्डारीले सुचना माग गरेका छन । नेपालि काँग्रेस कोहलपुरका नगर सचिव भुम भण्डारीले नेपालको संविधानको धारा २७ र सुचनाको हक सम्वन्धि ऐन २०६४ को दफा ३ बमोजिम सुचना उपलव्ध गराउन माग गरेका हुन । उनले कोहलपुर नगरपालिका कार्यालयद्धारा हाल सम्म खरिद गरिएका राहत सामाग्रीहरुको विवरण र दर रेट मुल्य समेतको प्रमाणित प्रतिलिपि , कोहलपुर नगरपालिका कार्यालयद्धारा राहत सामाग्री तथा विपद् व्यवस्थापन सामाग्रीहरु सार्वजनिक खरिद ऐन अनुसार खरिदगरिएको भए सो को सम्पुर्ण विवरण सहित प्रमाणित प्रतिलिपि माग गरेका छन् ।
यस्तै कोहलपुर नगरपालिकाका विभिन्न वडाहरुद्धारा खरिद गरिएको राहत सामाग्रीको विवरण र दर रेट मुल्य समेतको प्रमाणित प्रतिलिपि ,कोहलपुर नगरपालिका द्धारा आ.व ०७५/०७६ र आ.व ०७६ / ०७८ मा खरिद गरिएका खप्ने सामाग्रिहरुको विवरण संख्या ,मर्मत सम्भार गरिएको संख्या विवरण र कामनलाग्ने सामाग्रीहरुको लिलाम बिक्रि संख्या विवरण माग गरेका छन । भण्डारीले मिति २०७६/७/१५ गते उच्च अदालत तुल्सीपुर इजलास कक्ष नेपालगंजद्धारा कोहलपुर छोटो दुरीको बसपार्क सम्वन्धि गरेको फैसला कार्यन्वयनको लागि कोहलपुर नगरपालिका र नगर विकासद्धारा गरिएका कार्यहरु कार्यन्वयनको अवस्था र हाल सम्म गरिएको प्रगतिको प्रमाणित प्रति लिपि माग गरेका छन । साभार नायाँ कोर्स बाट

प्रतिक्रिया दिनुहोस