स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको १ करोड ५० लाख रकम फ्रिज सांसद राई नै मुख्य जिम्मेवार रहेको नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको  दावी

नेपालगन्ज भाद्र १२ ।  नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको १ करोड ५० लाख रकम फ्रिज भएको सम्बन्धमा उपमहानगरपालिका नभई सांसद राई नै मुख्य जिम्मेवार रहेको राणाले दावी गर्नुभयो । शुक्रबार कार्यालयमा आयोजित पत्रकार भेटघाटमा प्रमुख राणाले सो कुरा बताएका हुन।

प्रमुख डा. धवलशम्शेर राणालेअसार १४ गते भएको भनिएको निर्णय अनुसार उपकरण खरिदमा कम्तिमा एक महिना लाग्ने भएकाले समय अभावका कारण नसकिने भएकाले कार्यक्रम सञ्चालन नभएको हो,सामग्री खरिद तथा जडानका लागि कार्यक्रम किटान गरि पठाइएकोले समेत सो रकम कोभिड–१९ कोषमा जम्मा गर्नका लागि नपठाइएको स्पष्ट हुन्छ ।

राणाले संशोधित नियमावलीमा सम्बन्धित स्थानीय तहमा रहेको कोभिड–१९ को ब्यवस्थापनको लागि खोलिएको खातामा रकम जम्मा गर्नका लागि निर्णय नभएकोले स्थानीय तहको प्रकोप ब्यवस्थापन कोषमा सो रकम जम्मा हुन नसकेको बताए ।

राणाले  नेपालगञ्जको समग्र विकास निर्माणका लागि हातेमालो र सहकार्य गरि अघि बढ्न उप–महानगरपालिका सदैब तयार रहेको सम्वद्ध सबैमा राणाले अवगत गराउनुभएको छ ।

पत्रकार भेटघाटमा उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, वडा अध्यक्ष मो. सफक वेहना, लेखा अधिकृत लोकेन्द्र रावत लगायत उपस्थित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस