पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा देशभर थप नौ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १० हजार दुई सय २९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ३६ हजार चार सय ५६ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार एक सय ६९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको जानकारी दिए ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या २० हजार दुई सय ४२ पुगेको छ ।
संक्रमणमुक्त हुने दर ५६ प्रतिशत रहेको गौतमले बताए ।