नेपालगन्ज उपमहानगरपालिकाका  १ नम्बर वडाका अध्यक्ष प्रमोद रिजालले रगत दान

नेपालगन्ज भाद्र १५ । नेपालगन्जमा रहेको भेरी अस्पतालमा   कोभिड १९ का गम्भिर बिरामीहरुको उपचारकालागि प्लाज्मा थेरापी  सेवा सुरु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रबक्ता तथा १ नम्बर वडाका अध्यक्ष प्रमोद रिजालले रगत दान गरेपछि अस्पतालमा बिरामीहरुका लागि यो सेवा सुरु भएको हो ।

वडाअध्यक्ष रिजालले आफुलाई कोभिड १९ पोजेटिभ भएर कोरोना मुक्त भई १४ दिनको अबधि पार गरिसकेका छन ।

कुनै व्यक्तिलाई कोभिड १९ कोरोना संक्रमण पुष्टि भई १४ दिन आइसोलेसन बसेर निको भए पश्चात् अरु १४ दिनपछि आफ्नो रगत कोभिड १९ का गम्भीर बिरामीहरुको लागि दान गर्न सक्छन ।

कोरोना संक्रमित भएर निको भएका बिरामीको रगतबाट प्लाज्मा छुट्याएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रिया नै प्लाज्मा थेरापी हो । यसले संक्रमित बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने चिकित्सकहरु बताउंछन् ।

प्रतिक्रिया दिनुहोस