सोमबार कोहलपुरमा १७ सहित बाँकेमा ३८ जनामा कोरोना संक्रमण पुष्टि

बाँकेमा सोमवार थप ३८ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङले कोहलपुरमा १७ जना नेपालगन्जमा ८ जना खजुरामा ६ जना र स्वास्थ्य संस्थाहरुमा ७ जना संक्रमित थपिएको जानकारी दिए ।
यस अघि बाँकेमा हाल सम्म जसमा १ हजार २ जना संक्रमित पुष्टी भएको छ । बाँके जिल्लामा हाल सम्म झण्डै २० हजारको पिसिआर जाँच गरिएको जन स्वाथ्य कार्यालयले जनाएको छ । कोरोनाका कारण बाँकेमा ६ जनाको ज्यान गैसकेको छ । ७ सय ३० जनाले कोरोना जितेर घर फर्किएका छन्

प्रतिक्रिया दिनुहोस