बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालले शुल्क पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने अनुमति

बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालले शुल्क लिएर पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने अनुमति पाएको छ । भेरी अस्पतालमा संचालनमा रहेको पिसिआर प्रयोगशालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड-१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा ब्यक्तिगत प्रयोजनका लागि शुल्क तिरेर पिसिआरको स्वीकृति पाएको हो । उक्त पिसिआरका लागि २ हजार २ सय रूपैयाँ शुल्क लाग्ने भएको छ ।

भेरी अस्पताल विकास समितिको बिहीबार बसेको बैठकले स्वेच्छाले कोरोना परीक्षण गर्न आउने व्यक्तिका लागि दुई हजार दुई सय रुपैयाँ शुल्क निर्धारण गरेको समितिका अध्यक्ष प्रमोदकुमार धितालले एक सूचना जारी गरी जनाएका छन् । सूचनामा भनिएको छ, ‘निर्देशिकाले तोकेभन्दा बाहेकका स्वेच्छाले कोरोना परीक्षण गराउन चाहने व्यक्तिबाट प्रति जाँच दुई हजार दुई सउ मात्र लिने निर्णय गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस