बाँकेमा आज शुक्रबार १६ प्रहरी सहित ६० जनामा काेराेना संक्रमण पुष्टि

नेपालगन्ज भाद्र १९ ।   बाँकेमा कोरोना भाईरसको प्रभाव पुन बढ्न थालेको छ । पछिल्लो समयम हरेक दिन दजनौंको सँख्यामा संक्रमित थपिने क्रम बढिरहेको छ । कोरोना परिक्षणको दायरा बढ्दै गएपछि संक्रमितहरुको सँख्यामा पनि बृद्धि भएको हो ।

शुक्रबार मात्रै दुई लट जारी गरीएको विवरण अनुसार बाँकेमा ६० जना संक्रमित थपिएका छन । भेरी अस्पताल र वागेश्वरी डाईग्नोष्टिकको ल्यावमा गरिएको परिक्षणमा १६ प्रहरी सहित ६० जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । शुक्रबार थपिएका संक्रमितहरुमा बैंकर्स, चिकित्सक, प्रहरी, कर्मचारी र स्थानिय रहेका छन । यससँगै बाँकेमा शुक्रबार बेलुकासम्म १ हजार १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस