बाँकेमा ३ सय १३ जनाको परीक्षणमध्ये ८० जनामा कोरोना संक्रमण

नेपालगन्ज भाद्र २१ । बाँकेमा आइतवार ३८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । नेपालगञ्ज, कोहलपुर र खजुराका गरी ३८ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी बर्दियामा पनि ३८ जनामा कोरोना देखिएको छ । यस्तै बाजुरा, झापा, प्युठान र काठमाण्डौका एकरएक जनामा संक्रमण भेटिएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा कुल ८० जनामा संक्रमण भएको अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ३ सय १३ जनाको परीक्षणमध्ये ८० जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस