बझाङमा बाघको छाला र ९ किलो हड्डी सहित दाजुभाई पक्राउ

धनगढी, २२ भदौ ।  सुदूरपश्चिम प्रहरी प्रदेश अनुसन्धान टोली (आराआइटी) ले पाटे बाघको छाला र हड्डी सहित दाजुभाइलाई पक्राउ गरेको छ ।
बुङल बिजगडा बजारबाट बागथला तर्फ जादै गरेको अवस्थामा बुङल नगरपालिका -६ बझाङका २६ बर्षिय हरजित बोहरा र २३ बर्षिय सुरेन्द्र बोहरालाई बाघको दुई थान छाला र हड्डी सहित पक्राउ गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका निमित्त प्रमुख एसएसपी मुकेश कुमार सिंहले बताए ।
पक्राउ परेकाहरुको साथबाट ८ फिट ७ इन्च लम्बाई र ४ फिट ६ इन्च चौडाइ तथा ७ फिट ६ इन्च लम्बाइ र ३ फिट ८ इन्च चौडाइको दुई थान पाटे बाघको छाला र ९ केजी हड्डी बरामद गरिएको एसएसपी सिंहले बताए ।
आरआइटी आफै ग्राहक बनेर उक्त परिणामको छाला, हड्डी र दुईजना मानिस पक्राउ गर्न सफल भएको बताउदै एसएसपी सिंहले प्रहरी पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझााङ पठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस