नेपाली काँग्रेसका नेता एवम कर्णाली प्रदेश सभाका सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण

२ भदौ, सुर्खेत । कर्णाली प्रदेश सभाका सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा श्रेष्ठलाई संक्रमण पुष्टि भएको हो ।

जुम्लाबाट निर्वाचित श्रेष्ठ एक महिनादेखि खलंगा बजारमै रहेका थिए । ‘जुम्लामा दिनहुँ संक्रमणको दर बढ्दो छ । मलाई भेट्न धेरै कार्यकर्ता आउन थालेपछि पीसीआर परीक्षण गरेको थिएँ,’  ‘कोरोना संक्रमण पुष्टि भएको खबर आएयो ।’

प्रतिक्रिया दिनुहोस