बाँकेको   खजुरा क्षेत्रमा  भाद्र२७ गतेसम्म निषेधाज्ञा जारी

भाद्र २२ ।    बाँकेको खजुरा गाँउपालिकामा आज राती १२ बजेदेखी निषेधाज्ञा लागु गरीने भएको छ । गृह मन्त्रालयको पत्रानुसार आज राती १२ बजेदेखी भाद्र २७ गते राती १२ बजेसम्मकालागि निषेधाज्ञा जारी गरीएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन ।

खजुरा क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि गाँउपालिकाको अनुरोधमा त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरीएको कुरुम्वाङले सामाजिक संचाल मार्फत जानकारी दिएका हुन । नेपालगन्ज गुलरीया सडकखण्डको कपास विकास समितिदेखी विपि प्रतिक्षालयसम्मको सडकदेखी दायाँबायाँ ५०० मिटरसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरीएको हो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा संचालन तथा हिडडुलमा समेत प्रतिवन्ध लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस