बर्तमान सरकारले   कोरोना नाममा पैसा उठाउने, भ्रष्टाचार गर्ने बाहेक केही काम गरेको छैन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

२४ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काेराेनाकाे नाममा पैसा उठाउने, भ्रष्टाचार गर्ने बाहेक केही काम गरेको बताउदै देेेउवाले कोरोना महामारीमा सरकारले भ्रष्टाचार बाहेक केही काम नगरेको टिप्पणी गरेका छन् ।

१०७ औं बीपी जयन्तीको अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममा देउवाले कोरोना संक्रमण डरलाग्दो गरी बढेको बताए ।

उनले सरकारले अझै पीसीआर परीक्षण नबढाएको, आइसोलेसन सेन्टरहरु नबढाएकमो उनको आरोप छ ।

नेपाललाई कोरोनामुक्त बनाउने अभियानको कांग्रेसले नेतृत्व गर्नुपर्ने भन्दै उनले आफू पनि मास्क लगाउन र सामाजिक दुरी कायम गर्न, अरुलाई पनि सुसूचित गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस