नेपालगञ्जको फुल्टेक्रामा धार्मिक पूर्वाधारको योजना

 

नेपालगञ्ज, भदौ ३१ । नेपालगञ्ज उप–महानगरपालिकाले नगरको फुल्टेक्रामा धार्मिक पर्यटकीय पूर्वाधारको योजना ल्याएको छ ।

उपमहानगरपालिकाको मंगलबार सुरु भई बुधबार सम्पन्न भएको कार्यपालिका बैठकले संघीय सरकारसँग १४ करोडको योजना माग गर्ने निर्णय गरेको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बसेको पर्यटकीय पूर्वाधारको योजनालाई सर्वसम्मत स्वीकृत गरेको हो । बैठकले गैरसरकारी संस्थालाई व्यवसायको रुपमा नविकरण गर्दै आएकोमा अबदेखि सुचिकृत मात्रै गर्ने निर्णय गरेको प्रबक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । बैठकले नगर क्षेत्रभित्र अनलाईन शिक्षा सञ्चालनका विषयमा सरोकारवालासहितको सहभागितामा स्पष्ट मापदण्ड बनाउने निर्णय गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बुधबारदेखि सञ्चालनमा आएको फुडबैंकलाई ५ लाख रुपियाँ सहयोग गर्ने निर्णय समेत गरेको छ

 

प्रतिक्रिया दिनुहोस