वास्तविकतालाई विषयान्तर गरियो – उप प्रमुख चाैधरी

कोहलपुर नगरपालिकामा जनप्रतिनिधी तथा कर्मचारीहरुले अनगुमन मूल्यांकन वापत ठुलो रकम बुझिलिएको भन्ने समाचारहरु सञ्चारमाध्यममा प्रकाशन भएपछि नगरपालिका उप प्रमुखले आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । नगर उप प्रमुख सञ्जु कुमारी चौधरीले शनिवार एक प्रेस बिज्ञप्ति जारी गर्दै वास्तविकता भन्दा फरक सूचना प्रभाह भएकाले यस विषयमा आप्mनो ध्यानाकर्षण भएको बताएकी छिन् । कोभिड-१९ महामारीको विषम् परिस्थितिमा अनुगमन मुल्यांकन भत्ता नलिएको स्पष्ट पार्दै उप प्रमुख चौधरीले कार्यलय प्रयोजनका लागि संघीय सरकार र विभिन्न मन्त्रालयहरुमा योजना माग गर्ने तथा अन्य प्रयोजनका लागि नगरपालिकाका प्रमुख लुटबहादुर रावतको आदेश अनुसार भ्रमण खर्च लिएको र वास्तविकता पनि यही भएको बिज्ञप्तिमार्फत जानकारी गराएकी छिन् ।  केहीदिन यता आफ्नो नाम जोडेर अनुगमन मुल्यांकन शीर्षकमा भत्ता बुझेको भन्ने प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएकी हुन् । जारी बिज्ञप्तिमा जारी उनले कोहलपुरको उप-प्रमुखको नाताले स्थानीय सरकारको विकास र समृद्धिको लागि संघीय सरकार र विभिन्न मन्त्रालयहरुमा योजना माग गर्ने तथा अन्य प्रयोजनका लागि नगरपालिकाका प्रमुख लुटबहादुर रावतको आदेश अनुसार भ्रमण खर्च लिएको जानकारी दिएकी छन् ।


अनुगमन मुल्यांकन भत्ता बापत रु ५७ हजार २ सय ५० रुपैयाँ कोरोना महामारीका क्रममा बुझिलिएको भन्ने समाचार प्रकाशन भएपछि उनले समाचारमा विषयान्तर गरिएको उनको भनाई छ । बिज्ञप्तिमा रु.५७ हजार २ सय ५० रुपैयामध्ये नेपाल नगरपालिका संघको वैठकमा काठमाण्डौ जाँदा हवाई र ट्याक्सी भाडावापत रु. १७ हजार ३ सय ५०, संघीय मामिला मन्त्रालय काठमाण्डौ कार्यालयको काममा जाँदा हवाई र ट्याक्सी भाडावापत रु.१० हजार ६ सय एवम् काठमाण्डौमा भएको न्यायिक समितिको मेलमिलाप प्रशिक्षणमा सहभागि हुँदा हवाई र ट्याक्सी भाडावापत रु.१२ हजार ३ सय र वडा तथा नगरस्तरीय विभिन्न ४०० बढि योजनाको अनगमन वापत रु १७ हजार गरी रु.५७ हजार २ सय ५० भुक्तानी लिएको स्पष्टोती उप प्रमुख चौधरीले दिएकी छिन् ।
यस्तै कोहलपुर उनले कोहलपुर नगरपालिका विवादित बनेको विषयमा वास्तविकता बुझ्नको लागि स्वतन्त्र र निष्पक्ष छानविन समिति गठन गरेर वास्तविकता बाहिर ल्याउन नगर प्रमुखसँग माग गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस