सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अफ्ताब आलमको मुद्दामा कैफियत प्रतिवेदन माग

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाली कांग्रेसका सांसद अफ्ताब आलमको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशले आइतबार विरगन्ज उच्च अदालतसँग कैफियत प्रतिवेदन माग्‍न आदेश गरेको हो ।

“कैफियत प्रतिवेदन माग्‍ने आदेश भएको छ । आलमलाई थुनछेकमा पठाउने आदेश जिल्ला अदालतले गर्‍यो । जिल्लाको आदेशलाई उच्च अदालत विरगन्जले सदर गर्‍यो । त्यो आदेश उपर चित्त नबुझेर सर्वोच्चमा निवेदन परेको  थियाे । सोही निवेदन उपर सुनुवाइ गर्दा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएको हो ।”

कैफियत प्रतिवेदनमा उनलाई के कारणले थुनछेकमा राखेको हो भन्‍नेबारे सम्पूर्ण व्यहोरा समावेश गरिएको टिपोट समावेश हुने छ  । आलमले भदौ ३१ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

आलम विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उधोग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा जेल सजाय काटिरहेका छन । ०६४ सालमा रौतहटमा बम विस्फोट काण्डमा संलग्‍न रहेको आरोपमा आलम ०७६ असोजमा पक्राउ परेका थिए । आलम रौतहट–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस