भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापालाई कोरोना संक्रमण

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापालाई कोरोना संक्रमण भएको छ । विरामीको उपचार र व्यवस्थापनमा खट्दाखट्दै उनी स्वयं संक्रमित हुन पुगेका हुन् । अस्वस्थ भएपछि सोमवार उनले स्वाब दिएका थिए । मंगलवार रिपोर्ट पोजिटिभ आएको छ ।
कोरोना देखिएपछि क्वाटरमै आइसोलेशनमा बसेको डा. थापाले जानकारी दिए । कोभिड १९ नियन्त्रण र रोकथामका लागि अग्रणी भूमिकामा रहेका डा. थापाले आफू निको भएर छिट्टै पुनः विरामीको सेवामा फर्कने बताए ।

तीब्र गतिमा फैलिरहेको कोरोना संक्रमणबाट अछुतो रहन निकै गाह्रो भइरहेको अवस्था आएको भन्दै उनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस