धनगढी, ८ असोज । महाकाली सिंचाई आयोजना, कंचनपुरका कामु आयोजना निर्देशक प्रचण्डदेव बिष्ट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित सुन्धाराको होटलबाट पक्राउ परेका छन् ।
होटल इसन प्रालिबाट उनलाई प्रहरीले बिहीबार पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ ।
बरामद रकम उनले घुसवापत लिएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । विष्टले बरामद रकमको स्रोत खुलाउन सकेका छैनन् । आयोजनाका ठेकदारसँग सो रकम लिएको प्रहरी दाबी छ ।