भारतीय राजदुत मञ्जिभ सिह पुरीे लाई नेपालगञ्जमा स्वागत तथा अभिनन्दन

नेपालगञ्ज २ भदौ । नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिह पुरीे लाई नेपालगञ्जमा मधेशी नागरिक समाजले स्वागत एव अभिनन्दन गरेको छ । राजदुत पुरी आईतावार साँझ नेपालगञ्ज आउने लगत्तै उहाँको निवासका लागि व्यवस्था गरिएको स्थानमा नागरिक समाजले दोसल्ला तथा प्रमाणपत्र प्रदान गर्दै स्वागत तथा अभिनन्दन गरेको हो ।
नागरिक अभिनन्दनमा वरिष्ठ अधिवक्ता बिजय गुप्ताले नेपालगञ्जको बिकास र मधेशी समुदायको उत्थान तथा बिकास, जिल्लाको समस्याबारे जानकारी गराउनुभएको थियो । समाजले भारतीय राजदुत पुरीेलाई भारत सरकारले नेपालको बिकासका लागि पु¥याएको योगदानको कदर गर्दै सम्मानपत्रले अभिनन्दन गरेको हो । सो क्रममा नेपाल भारत मैत्री संघले पनि दुबै देशको सम्बन्धलाइृ सुमधुर बनाउनका लागि आगामी दिनमा गर्न सकिने कार्यहरुबारे जानकारी पत्र समेत पेश गरेको थियो । मधेशी नागरिक समाजका मेराज हिमाल प्रदिप गुप्ता, रेखा गुप्ता लगायतका सदस्यहरुको उपस्थिति रहेको अभिनन्दन कार्यक्रममा समाजका अध्यक्ष आशिष कुमार गुप्ताले राजदुतलाई नेपालगञ्जमा समाजले स्वागत गर्न पाएकोमा खुसी रहेको बताउँदै यस क्षेत्रमा मधेशी समुदायले भोग्दै आएको समस्याबारे तथा बिकास निर्माणका कार्यहरुलाई पूर्णता दिन आग्राह गर्नुभएको थियो । भारतीय राजदुत पुरीेले भने मा नेपालगञ्ज अएपछि धैरे खुशी रहेको ब्यक्त गरेका थिए । भारतीय राजदुत पुरीेउनले भने भरता र नेपाल को सिम समस्याको बारेमा हामि गभ्भीर रहेको समेत बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस