कोरोनाबाट नेपालगन्ज उपमहानगरपालिका वडा सदस्य काे मृत्यु

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का वडा सदस्य शान्तिदेवी परियारको मृत्यु भएको छ ।
शंका लागेपछि कात्तिक ३ गते स्वाव परीक्षण गराउनु भएकी ६७ वर्षीया वडा सदस्य परियारलाई भोलीपल्ट कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा निरन्तर उपचार गराइरहनु भएकी वडा सदस्य परियारको सोमबार विहान साढे दश बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
यसैबीच, नेपाली कांग्रेस, बाँकेकी सभापति किरण कोइरालाले निर्वाचित वडा सदस्य र नेपाली कांग्रेसकी नेतृ परियारको निधनले पार्टीमा ठूलो क्षति पुगेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस