बाँके प्रहरीले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला सहित ४ जनालाई फक्राउ

बाँके प्रहरीले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला सहित ४ जनालाई फक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले कोहलपुर ११ बसपार्कको न्यु राप्ती गेष्ट हाउसबाट रेडपाण्डाको छाला सहित ४ जना लाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लाल बहादुर नेपाली गणेश नेपाल,उमेश बहादुर थापा र दिनेश कार्की रहेका छन ।
बाँके प्रहरीका अनुसार सादा पोशाकमा ग्राहक बनेर गएको प्रहरी टोलिले उनिहरुलाई पक्राउ गरेकोे हो ।

प्रतिक्रिया दिनुहोस