बाल हिंसा रोक्न नगर स्तरीय टाक्स फोर्स गठन गर्ने कोहलपुर नगरपालिकाका उप-प्रमुख सञ्जु कुमारी थारु

कोहलपुर नगरपालिकाका उप-प्रमुख सञ्जु कुमारी थारुले लकडाउन र महामारीका समयमा बाल बिवाह र बाल हिंसाका घटना बढेको बताए  ।   लक डाउनका समयमा बाल बालीका मा हुने बिभिन्न खाले हिंसाका घटना बढेको बताएकी छन् ।
बिहीवार कोहलपुर नगरपालिकाको वाल संरक्षण समितीको बैठकलाई सम्वोधन गर्दै उप-प्रमुख एंव संरक्षण समिती संयोजक थारुले लक डाउनका समयमा बाल बालीका मा हुने बिभिन्न खाले हिंसाका घटना बढेको बताउदै बाल हिंसा रोक्न नगर स्तरीय टाक्स फोर्स गठन गर्ने बताएकी छन । उप-प्रमुख थारुले सरोकार वालाहरुको सहभागीमा टाक्स फोर्स गठनको प्रस्ताव गरेकी हुन ।

उप प्रमुख थारुले कोहलपुर नगर क्षेत्रमा रहेका बाल क्लव सञ्जाल र वडा बाल संरक्षण सञ्जाललाई सक्रिय बनाउने समेत बताएकी छन । उप प्रमुख थारुको अनुसार कोहलपुर नगरपालिका वडा नं ८ बाहेक १४ वडामा वडा वाल स्तरीय वाल संरक्षण समिती गठन भई सकेका छन । हाल वडा अध्यक्षको नेतृत्वमा रहेको समितीलाई छिटै महिला वडा सदस्यको संयोजक रहने गरी पुर्न गठन गर्नु पर्नेमा उप प्रमुख थारुको जोड थियो ।
बैठकमा सहभागी वालवालिकाले वाल हिंसाका घटना बारे सरोकार वाला निकायलाई जानकारी गराउँदा पनि सुनवाईका लागी पहल नभएको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस