आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको  त्यसलाई परास्त गरिने  प्रधानमन्त्री केपी शर्मा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको बताउँदै त्यसलाई परास्त पार्ने बताएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले दाहालको नाम नलिइकन सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको आफूले सूचना पाएको बताएका थिए ।

उनको भनाई उद्धृत गर्दै ती मन्त्रीले भने, “कोटेश्वरमा बसेर षडयन्त्र भएको छ । सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी रहेछ । सबै प्रकारका षडयन्त्रलाई परास्त गरिनेछ ।”

प्रतिक्रिया दिनुहोस