नेपाल उद्योग बाणिज्य महासंघकाे केन्द्रीय सदस्य पदमा  चक्र अधिकारीले अस्पताल काे बेड बाटै उम्मेदवार दर्ता

कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष एंव नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य पदका उम्मेदवार चक्र अधिकारीले अस्पताल काे बेडबाट सदस्य पदमा उम्मेदवार दर्ता गराएका छन        बरिष्ठ उपाध्यक्ष चण्डी राज ढकाल समुहबाट अस्पतालको बेड बाटै मनोनयन दर्ता गारएको कोहलपुर उद्योग बाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले जनाएका छन । महासंघको अबिधेशनका क्रममा चुनाव प्रचारका लागी रोल्पाबाट पोखरातर्फ गईरहेको बा १८ च ४३४१ नम्बरको कार दुर्घटना हुँदा अधिकारी घाईते भएका थिए ।

अधिकारीको स्पाईनल कड ५ ठाँउमा भाचिएको र उनको सफल अप्रेशन गरिएको कोहलपुर उद्योग बाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले जानकारी दिए ।
चक्र अधिकारी कोहलपुरबाट नेपाल उद्योग बाणिज्य महासघमा पहिलो पटक उम्मेदवार बनेका हुन ।

प्रतिक्रिया दिनुहोस