दाङ – दाङमा चितुवाको छाला र लागुऔषध अफिमसहित दुईजना पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. ८ बनगाउँबाट चितुवाको छाला र लागुऔषध अफिमसहित घोराही उप–महानगरपालिका वडा नं. १२ निवासी २६ वर्षीय मधु डाँगी, नौबहिनी गाउँपालिका वडा नं. ५ प्यूठान निवासी २७ वर्षीय धनसिंह टमटालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथ बाट ३ किलो ७५० ग्राम लागुऔषध अफिम र पुच्छरसहितको लम्बाई ६ फिट ११ ईन्च लामो चितुवाको छालासहित दुईजनालाई पक्राउ गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए ।