बझाङ कारागारबाट विप्लव समूहका एक कार्यकर्ता भाग्न सफल भएका छन् । बुधबार जिल्ला सदरमुकाम चैनपुरमा रहेको कारागारबाट छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ५ का प्रविन धामी फरार भएका हुन् ।
राष्ट्रिय सार्वजनिक सम्पदा विरुद्घको कसुरमा सजाय भोगीरहेका धामी बुधबार बिहान कारागारको आइसोलेन कक्षबाट फरार रहेको बझाङ कारागार जेलर झलक रोकायाले जानकारी दिए । कोरोना पोजेटिभ भएकाले उनलाई कारागारको आइसोलेन कक्षमा राखिएको थियो । सो मौका छोपी धामी फरार भएको उनको भनाइ छ ।