बाँकेको खजुरामा रहेकोे सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अपरेशन सेवा आरम्भ

बाँकेको खजुरामा रहेकोे सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अपरेशन सेवा आरम्भ गरिएको छ । संघीय सांसद नन्दलाल रोकायले सेवा संचालनको व्यानर पढेर उदघाटन गर्दै संघीय सांसद नन्दलाल रोकायले तत्कालीन सबै पार्टीका नेतृत्वको इच्छाशक्ति र जनताको सहयोगमा क्यान्सर अस्पताल निर्माण भएको बताए । उनले स्थानीय जागेको खण्डमा धेरै कुराको विकास गर्न सम्भावना भएको उल्लेख्य गर्दै गर्न खोज्दा नै सरकार सहयोग गर्ने बताए । उनले बाँके जिल्लाका प्रमुख समस्या र विकासको लागि सबै सांसद र स्थानीयतहका प्रमुख एकठाउँमा आउनु पर्ने बताए । राजनीतिक संस्कार बोकेर जानुपर्ने भन्दै व्यक्ति हित नभई सार्वजनिक हितमा काम गर्नुपर्नेमा सांसद रोकायले जोड दिए । देशमा त्यागी नेताको आवश्यक रहेको औंल्याउदै उनले अब सोच बद्ल्नु पर्ने बताए । सांसद रोकायले प्रजातान्त्रिक मर्म बुझ्न् र धैर्यता गर्न आग्रह गरे । उत्पादनसंग जोडने हो भने साधन स्रोतमा कमी छैन । जनताको भविस्य जोडिएको क्यान्सर अस्पताल संघले सहयोग जारी राख्ने उनको भनाइ थियो । प्रदेश सांसद गौतमले सेवामूलक संस्थामा राजनीतिकारण हुन नहुने बताउदै परोपकार गर्नु धर्म भएको बताए । परोपकार त्याग र तपस्याको महत्त्व बुझ्न जरुरी रहेकोे उल्लेख्य गरे । काम गर्नेलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियोे । खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालल नेपालकै इतिहासमा जनताको प्रत्यक्ष सहभागिताबाट बनेको खजुरा गाउँपालिका प्रमुख तथा प्रखर परोपकार मिसनका अध्यक्ष किस्मत कुमार कक्षपति बताए । उनले नेपाल सरकारको आफ्नो स्वायत्त गठन आदेशमा संघीय सरकार मार्फत सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अप्रेशन सेवा शुरु भएको अध्यक्ष कक्षपतिले जानकारी गराए । मंसिर ५ गते सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कार्य प्रारम्भ भएको पछिल्लो दुईमहिना पुग्दै गर्दा यस अस्पतालको प्रमुख भागका रुपमा रहेको अप्रेशन सेवा सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निर्देशक कृष्णप्रसाद आचार्य बताए । उनले हिस्टो प्याथोलोजि, स्त्री रोग, नाक कान घाँटीको बिषेशज्ञ ल्याई दैनिक सेवा बिस्तारको योजनामा रहेको समेत जानकारी दिए । अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्त्व, बासगढी नगरपालिका मेयर सालिकराम अधिकारी, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समिति सदस्य चरित्रा शाह, भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापाले शुभकामना राख्दा अस्पतालका निर्देशक डा. कृष्णप्रसाद आचार्यले हाल प्रदान गर्दै आएको सेवा बारे जानकारी गराएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस