साेमबार कुन जिल्लामा कति संक्रमित थपिए?

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ५, उदयपुरमा ४, ओखलढुङ्गाका २, खोटाङमा ३, झापामा १०६, ताप्लेजुङमा ११, तेह्रथुममा १, धनकुटामा ५, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३७, संखुवासभामा १२, सुनसरीमा ५०, सोलुखुम्बुमा ६, धनुषामा ३, पर्सामा १५, बारामा ४, महोत्तरीमा २, रौतहटमा ४, सप्तरीमा १२, सर्लाहीमा ३, सिरहामा ४, काठमाडौँमा ७७९, काभ्रेमा ५४, चितवनमा ८३, दोलखामा १६, धादिङमा १४, नुवाकोटमा १६,  भक्तपुरमा ८५, मकवानपुरमा ५४, रसुवाका ६, रामेछापमा ३, ललितपुरमा १४३ र सिन्धुपाल्चोकमा १३ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै सिन्धुलीमा ३, कास्कीमा ७०, गोरखामा ३८, तनहुँमा १६, नवलपरासीपूर्वमा २०, पर्वतमा ६, म्याग्दीमा ५, लमजुङमा ५, वागलुङमा १६, स्याङ्जामा ८, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ११, गुल्मीमा २, दाङमा ५१, नवलपरासीमा ९, पाल्पामा १०, प्यूठानमा १२, बर्दियामा ५, बाँकेमा १५, रुपन्देहीमा ४७, कालिकोटमा १, जुम्लामा ८, दैलेखमा ३, सल्यानमा ६, सुर्खेतमा ५, अछाममा २, कञ्चनपुरमा ६, कैलालीमा २६, डढेलधुरामा ७, डोटीमा ३, बझाङमा १ र बैतडीमा २ जना कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस