सामाजिक सुरक्षा र अन्तर सम्बन्ध कायम गर्न बाँकेका गाउँ, गाउँमा बास

सामाजिक सुरक्षा र अन्तर सम्बन्ध कायम गर्न आम नागरि र सार्वजनिक निकाय मिलेर काम गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुरको नयाँ बस्तिमा मंगलबार सम्पन्न सामाजिक सुरक्षा र अन्तर सम्बन्ध सवलिकरणका लागि नागरिक र प्रहरी बिच अन्तर सम्वाद कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
यूएनडिपीको सहयोगमा बास नेपालगन्जद्धारा संचालीत सामाजिक सदभाव तथा सामुदायिक सुदृढिकरण परियोजना अन्तरगत सम्पन्न भएको सो कार्यक्रमका सहभाभागिहरुले युवा पुस्ताले सामाजिक मुल्य र मान्यतालाई बिर्सेर गलत कार्यमा लागेको र सामाजिक शद्भाव बिग्रिदै गएको बताउदै यसबाट समयमै सजक हनुपर्ने बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय भगवानपुर गँगापुरका प्रतिनीधि प्रशुराम चौधरीले सामाजिक सुरक्षा सुदृढिकरणका लागि प्रहरी र नागरिक बिच राम्रो सम्बन्ध हुनुपर्ने बताउदै प्रहरी प्रति नागरिकहरुले सकारात्मक ब्यबहार गर्नुपर्ने बताए । समाजमा हुने बिभिन्न किसिमका अपराधिक क्रियाकलापलाई रोक्न र सामाजिक शद्भाव कायम गर्न आफ्नो तर्फबाट कुनै पनि कसर बाँकि नराख्ने भन्दै जस्का लागि सबैको सहयोगको आवश्यकता रहेको चौधरीको भनाई थियो । कार्यक्रममा समाजसेवि कनैयालाल गोडिया, युवा क्लबकि गिता भण्डारी, लक्ष्मि भण्डारी लगाएतका सहभागिहरुले सानसानो हुलदंगाको पछि लागेर अपराधिक घटनाहरु घट्ने गरेको भन्दै यस्ता घटना घट्न नदिन प्रहरीले बिशेष सुरक्षा ब्यवस्था गर्नुपर्ने र सबैको बिचमा समन्वयकारी भुमिका हुनुपर्ने बताए । कार्यक्रममा बोल्ने अधिकाँस सहभागिहरुले बिगतका घटनाहरुबाट पाठ सिकेर त्यस्ता किसिमका घटना दोहोरिन नदिनका लागि सबै लागि पर्ने प्रतिबद्धता गरेका थिए ।
बासका कार्यक्रम सहायक खेम बिष्टले संचालन गरेको कार्यक्रममा र्काक्रम संयोजक शम्भु शाहीले स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकास पारेका थिए भने बास बाँके शाखा सदस्य मक्बुल अहमत मुकेरीले छलफल कार्यक्रमको सहजिकरण गरेका थिए । कार्यक्रममा बिभिन्न क्षेत्रका ११० बढि नागरिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस